लामो समयदेखि कोलंवियामा गृह युद्ध चलिरहेको छ । ल्याटिन अमेरीकाको यो देशमा गुरिल्लाको याे युद्ध अन्तिम हाे । यी गुरिल्लाहरु लगभग ४१ बर्ष देखि युद्ध गर्दै जंगलमा बस्दै आएका छन् । यी तस्बीरहरुमा कोलंवियाका गुरील्ला लडाकुहरुको दैनिकी देखिएको छ । यी गुरिल्लाहरु समान रुपमा महिला पुरुष संगै खाने बस्ने, सुत्ने र नुहाउने गर्छन् । जंगली जनावरको शिकार गरेर नै आफ्नो पेट भर्छन् यी लडाकु । यो समुहमा करिब २४ जना छन् । अब भने गुरिल्ला र सरकारको शान्ति बार्ता हुने भएको छ । बार्ता कस्ताे हुने हाे, पर्खाइकाे बिषय बनेकाे छ ।





