सिरहा, ११ जेठ २०८३।
सिरहामा एक दलित महिला कुटिएकी छिन्।
नरहा गाउँपालिका—३ की ६० वर्षीया फूलकुमारी मण्डल भैँसी खेतमा पसेको निहुँमा कुटिएकी हुन्।
प्राप्त जानकारी अनुसार , गत वैशाख २७ गते अपराह्न आफ्नो भैँसी यादवको खेतमा गएको निहुँमा आफूमाथि कुटपिट भएको भन्दै उनले प्रहरीमा उजुरी दिएकी थिइन्।
यसैबीच प्राप्त जानकारी अनुसार , फूलकुमारी मण्डलमाथि कुटपिट गरेको आरोपमा प्रहरीले सोही ठाउँका ५५ वर्षीय पवित्रनारायण यादवलाई शनिबार साँझ नयाँ चोहर्वाबाट पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चोहर्वाको टोलीले उनलाई पक्राउ गरेको हो।
। पक्राउ परेका यादवलाई अहिले हिरासतमा राखी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए।