गोरखामा योद्धा गाडी मर्स्याङदी नदीमा खस्यो : दुई जना घाइते

गोरखामा योद्धा गाडी मर्स्याङदी नदीमा खस्यो : दुई जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १० जेष्ठ २०८३
  • 988
    Shares

पोखरा, १० जेठ २०८३।

गोरखामा आज साँझ योद्धा गाडी मर्स्याङदी नदीमा खसेर दुर्घटनाग्रस्त हुँदा दुई जना घाइते भएका छन्।

मनकामना जादै गरेको योद्वा गाडी आज साँझ ७ बजे रामशाहघाट दोभान नजिकै मर्स्याङदी नदीमा खसेर दुर्घटनाग्रस्त हुँदा दुई जना गम्भीर घाईते भएका हुन्।

गम्भीर घाईते हुनेहरुमा चालक मकवानपुर जिल्ला राक्शिराङ गाऊँपालिका-३, का २४ बर्षका सूजन घलाङ र बिहार राज्य घर भई आँबुखैरेनी गाऊँपालिका-३, बस्ने बर्ष १८ का अबिन शाह रहेका छन । अबिन शाहको मौलाकालिका अस्पताल चितवनमा र सूजनको आँबुखैरेनी अस्पतालमा उपचार भईरहेको प्रहरी निरीक्षक प्रदीप सूबेदीले जानकारी दिए । दुर्घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया