केन्द्रीय कारागारबाट भागेकी सपना तामाङ मध्यराती प्रेमीको डेराकोठाबाट पक्राउ

केन्द्रीय कारागारबाट भागेकी सपना तामाङ मध्यराती प्रेमीको डेराकोठाबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ४ जेष्ठ २०८३
  • 1.3K
    Shares

केन्द्रीय कारागारबाट भागेकी सपना तामाङ

पोखरा, ४ जेठ २०८३।

केन्द्रीय कारागारबाट भागेकी सपना तामाङ फेरी पक्राउ

केन्द्रीय कारागार सुन्धाराबाट शुक्रबार मध्यराति भागेकी कैदी सपना तामाङलाई प्रहरीले पक्राउ गरेको छ। 

नुवाकोटको विदुर नगरपालिका-१३ की २५ वर्षीया सपना तामाङलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। 

शुक्रबार मध्यराति सुन्धाराको केन्द्रीय कारागारस्थित महिला बन्दी गृहको पर्खाल नाघेर भागेकी कैदी २५ वर्षीया सपना तामाङ आफ्नै प्रेमी साजन श्रेष्ठको काठमाडौँको इन्द्रचोक स्थित भेडासिंह / असनस्थित।डेराकोठाबाट पक्राउ परेकी उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी प्रविण धितालले जानकारी दिए । 

प्रहरीले सपनासंगै उनको श्रीमान भोजपुर घर भएका २६ वर्षिय साजन श्रेष्ठलाई पनि पक्राउ गरेको प्राप्त समाचारमा जनाइएको छ। प्रारम्भिक अनुसन्धानबाट ती पुरुष (प्रेमी) ले नै उनलाई कारागारबाट भगाउन र लुकाउन योजनाबद्ध रूपमा सहयोग गरेको खुलासा भएको छ।

केन्द्रीय कारागारबाट भागेकी सपना तामाङ र उनको प्रेमी भनिएका साजन श्रेष्ठ

प्रहरी स्रोतका अनुसार पहिला उनको आमा पनि केन्द्रीय कारागारमै थिइन्। आमालाई भेट्न जाँदा सपनासँग चिनजान भएर उनीहरु प्रेम सम्बन्धमा परेका थिए। सोहीअनुसार भाग्ने योजना बनाएका हुन्। युवती जेलको पर्खालबाट भागेको बेला उनले मोटरसाइकलमा राखेर लिएको गएको खुलेको छ।

सपना चारवटा कसुरमा जिल्ला अदालत रसुवाबाट दोषी ठहर भइ जन्मकैद भुक्तान गरिरहेकी महिला हुन्। अपहरण, शरीरबन्धक, कर्तव्य ज्यान र डाँकाचोरीको मुद्दामा उनलाई अदालतले दोषी ठहर गर्दै जन्म कैद सुनाएको थियो। उनी भागेको जानकारी कारागार प्रशासनले भने १५ घण्टा पछि मात्रै पाएको थियो। (यसभन्दा अघिको समाचारमा उनको श्रीमानको डेराकोठाबाट पक्राउ गरेको भनेर समाचार प्रकाशन गरिएकोमा उनीसंगै पक्राउ परेका साजन श्रेष्ठ उनका श्रीमान नभई प्रेमी रहेको जानकारी प्राप्त भएकाले भूलसुधार गरिएको छ -सम्पादक)

प्रतिक्रिया