पोखरा आउंदै गरेको माइक्रोबस धादिङको कृष्णभीरमा दुर्घटना : ६ जना घाइते

पोखरा आउंदै गरेको माइक्रोबस धादिङको कृष्णभीरमा दुर्घटना : ६ जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ११ जेष्ठ २०८३
  • 779
    Shares

धादिङको कृष्णभीरमा जीप दुर्घटना

पोखरा , ११ जेठ २०८३।

धादिङको कृष्णभीरमा आइतबार साँझ माइक्रोबस दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको ग १ ख २७९६ नम्बरको माइक्रोबस धादिङको कृष्णभीर क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा छ जना घाइते भएका हुन्।

र्घटनामा घाइते भएका ६ जनाको अवस्था सामान्य रहेको र उनीहरूको नजिकैको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेहरूको नाम तथा ठेगाना भने सार्वजनिक गरिएको छैन।

माइक्रोबसको ब्रेक फेल भएर अनियन्त्रित भै माइक्रोबस सडक किनारको भित्तामा ठोक्किएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश दाहालले जानकारी दिए।

प्रहरीका अनुसार दुर्घटनापछि केही समय सडक क्षेत्रमा सवारी आवागमन प्रभावित भए पनि अहिले अवस्था सामान्य बनाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

प्रतिक्रिया