पोखरा , ४ जेठ २०८३।
गुल्मीमा गएराती मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
गुल्मीको रुद्रवेणीबाट चेमीतर्फ जाँदै गरेको लु३६प ३६२७ नम्बरको पल्सर मोटरसाइकल गए राति करिब १० बजे सत्यवती गाउँपालिका–१ ठुलाबगरस्थित रुद्रवेणी–पुर्तिघाट सडक खण्डमा दुर्घटनाग्रस्त हुँदा दुई जनाको मृत्यु भएको हो ।
उक्त दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक स्याङ्जाको कालिगण्डकी गाउँपालिका–३ भुस्तुङ निवासी अन्दाजी ३४ वर्षीय लक्ष्मण थापा र पछाडि सवार सोही स्थानका अन्दाजी ४५ वर्षीय गिरमान सिंह रानाको प्राथमिक स्वास्थ्य केन्द्र रिडीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
उक्त पल्सर मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ३ मिटर तल खसेको प्राप्त समाचारमा जनाइएको छ।