फोहोर व्यवस्थापन अभियान पोखरा, मणिपाल शाखा गठन

फोहोर व्यवस्थापन अभियान पोखरा, मणिपाल शाखा गठन


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १० जेष्ठ २०८३
  • 912
    Shares

पोखरा, १० जेठ २०८३।

बढ्दो फोहोर व्यवस्थापन समस्यालाई समुदायस्तरबाट समाधान गर्न पोखरा महानगरपालिका वडा नम्बर ११ मा फोहोर व्यवस्थापन अभियान पोखरा, मणिपाल शाखा गठन भएको छ।

पोखरा महानगरपालिका वडा नं. ११ र २० लाई लक्षित गरी गठन गरिएको उक्त शाखाको संयोजकमा डा. कृष्ण मुरारी अधिकारी चयन भएका छन्।

उक्त शाखाले पोखरा महानगरपालिका–११ मा वातावरण संरक्षण, सरसफाइ तथा फोहोर व्यवस्थापन सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखेको संयोजक डा. कृष्ण मुरारी अधिकारीले जानाकारी दिए।

नवनियुक्त संयोजक डा. कृष्ण मुरारी अधिकारीले स्थानीय स्तरमा स्वच्छ वातावरण निर्माण, फोहोरको उचित व्यवस्थापन तथा सामाजिक उत्तरदायित्व अभिवृद्धिका लागि निरन्तर कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।

फोहोर व्यवस्थापन अभियान पोखराका संयोजक राजन श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा–११ का फोहोर व्यवस्थापन संयोजक तथा शिवप्रसाद बास्तोलाले स्वागत मन्तव्य व्यक्त राखेका थिए भने वरिष्ठ फोहोर व्यवस्थापन अभियानकर्मी बलराम बरालले जुनसुकै स्थानको फोहोर व्यवस्थापन प्रभावकारी बनाउन स्थानीय तहको जनचेतना र सक्रिय सहभागिता अत्यन्त आवश्यक रहने बताए।

कार्यक्रममा क्लिन अप नेपालकी सामाजिक परिचालिका दुर्गा अधिकारीले GCRU परियोजनामार्फत रिसाइक्लिङ्ग तथा अपसाइक्लिङ्गलाई प्राथमिकतामा राखी हरित रोजगारी प्रवर्द्धनमा काम भइरहेको जानकारी दिनुभयो। साथै उहाँले विभिन्न सामाजिक संघसंस्थासँग सहकार्य गर्दै वातावरणमैत्री कार्यक्रम सञ्चालन भइरहेको समेत बताए ।

फोहोर व्यवस्थापन अभियान पोखरा
पोखरा, कास्की

प्रतिक्रिया