पोखरा , ४ जेठ २०८३।
दार्चुलामा एक बिद्यालयका प्रधानाध्यापक विद्यालयमै मृत भेटिएका छन् । जिल्लाकाे ब्यास गाउँपालिका-४ काे सम्पाल माध्यमिक विद्यालयका प्रधानाध्यापक बलदेव सिंह धामी साेमबार विद्यालयकै निवासमा बिहान ६ बजेतिर मृत भेटिएका हुन्।
मृत भेटिनुभन्दा केही समयअघि उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा मृत्युुबारे लामाे स्टाटस लेखेकाे पाइएकाे दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) गाैरव महतले जानकारी दिए। त्यसबारे पनि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।