पाकिस्तानको अस्पतालमा विष्फोट, ३० को मृत्यु

पाकिस्तानको अस्पतालमा विष्फोट, ३० को मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २४ साउन २०७३
  • 8.3K
    Shares

बलुचिस्तान प्रान्तको राजधानी क्वेटास्थित एक सरकारी अस्पतालमा बम विष्फोट हुँदा ३० जनाको मृत्यु भएको छ । अन्य दर्जनौं व्यक्तिहरु घाइते भएका छन् । सोमबार बिहान विष्फोट हुनु अघि आक्रमणकारीले गोली चलाएका थिए ।

क्वेटा सहरमा एक वरिष्ठ वकीलको हत्यापछि भएको यो विष्फोटमा पनि धेरैजसो वकीलहरु नै घाइते भएको बताइएको छ । हत्या भएका वकिलको शव अस्पताल ल्याइएका बेला आक्रमण भएको स्थानीय सन्चारमाध्यमहरुले बताएका छन् ।

आक्रमणकारीको पहिचान भएको छैन तर प्रधानमन्त्री नवाज शरीफले क्वेटा विष्फोटको निन्दा गरेका छन् ।

प्रतिक्रिया