दक्षिण अफ्रिकामा नेलसन मण्डेलाको पार्टी अफि्रकी नेशनल कांग्रेस (एएनसी) को पकड कमजोर हुँदै गएको छ । १९९४ पछि पहिलो पटक पार्टीको प्रदर्शन निकै खराब भएको छ ।बुधबार भएको नगर निगम चुनावको ९९ प्रतिशत मत गणना सकिएको छ र, पार्टीले नेल्सन मण्डेला बे जस्ता महत्वपूर्ण ठाउँमा हार व्यहोरेको छ ।
यसलाई एएनसीलाई ठूलो झड्का भनिएको छ । अफ्रकी रंगभेदविरुद्धको संघर्षका हिरो र अफि्रकाको पहिलो राष्ट्रपति मण्डलाको इलाकामा पार्टी हार पार्टीका लागि ठूलो झड्का नै हो ।
रंगभेदविरुद्ध लड्ने अधिकांश नेता यही इलाकाबाट आएका छन् । तर, त्यहाँको नगर निगमको चुनावमा पार्टीले ४१ प्रतिशत मत पाएको छ । विपक्षी दल डेमोक्रेटिक एलाइन्सले ४६.५ प्रतिशत मत पाएको छ ।
पार्टीका नेता मामुसी माइमानेले जनताले परिर्वतनका लागि मत दिएको बताएको बीबीसीले जनाएको छ ।
अफ्रिकी नेशनल कांग्रेसले सुरुमा यो नतिजालाई चुनौती दिन बताएको थियो । तर, अहिले पार्टीको हार स्वीकार गरेको छ ।
विपक्षी डेमोक्रेटिक एलाइन्सले जोहनेशबर्ग र पि्रटोरियामा पनि एएनसीलाई कडा टक्कर दिएको छ ।
यद्यपि देशभरमा अफि्रकी नेशनल कांग्रेसले ५४ प्रतिशत मत पाएको छ । डेमोक्रेटिक एलाइन्सले २६ प्रतिशत मत पाएको छ ।
यो चुनावी परिणामलाई राष्ट्रपति ज्याकब जुमाको शासनकालमा उठेको बेरोजगारी र भ्रष्टाचारका विषयमा पार्टीको छवि प्रभावित भएको मानिएको छ ।
अफ्रिकामा अब २०१९ मा आम चुनाव हुनेछ र जुमा तेस्रो पटक राष्ट्रपतिको उम्मेदवार हुनेछैनन् ।