स्थानीय निकाय पुनर्संरचनाः धुन्चेमा नेतामाथि आक्रमण

स्थानीय निकाय पुनर्संरचनाः धुन्चेमा नेतामाथि आक्रमण


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १५ साउन २०७३
  • 10.5K
    Shares

स्थानीय निकाय पुनर्संरचनाका विषयमा रसुवाको धुन्चेमा शनिबार बेलुका विभिन्न दलका केन्द्रीय नेताहरु सम्मिलित अन्तरक्रियामा स्थानीले आक्रमण गरेका छन् । सदरमुकाम धुन्चेमा तीन प्रमुख दलका केन्द्रीय नेता सम्मिलित अन्तक्रिर्यामा आक्रमण हुँदा दलका नेता र कर्मचारीसमेत सातजना घाइते भएका छन् ।

रसुवाको सदरमुकाम धुन्चेमा संघीय संरचनाअनुसार स्थानीय निकाय पुनर्संरचनाको तेस्रो सर्वदलीय बैठकको पूर्वतयारीस्वरुप शनिबार कांग्रेस एमाले, माओवादी केन्द्रका केन्द्रीय नेता सम्मिलित अन्तरक्रियामा एथानीयले लाठी र कुर्सीले आक्रमण गरेका अाजको अन्नपूर्णमा समाचार छ ।

आक्रमणबाट एमालेका वैकल्पिक केन्द्रीय सदस्य माधव अर्याल, माओवादी केन्द्रका केन्द्रीय सदस्य इन्द्र गौतम, माधव लामिछाने, मेघनाथ घिमिरे, कांग्रेस महाधिवेशन प्रतिनिधि  जनकजीवन उपाध्याय र रसुवाका स्थानीय विकास अधिकारी राजेन्द्रदेव पाण्डे घाइते भएको रसुवाका प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईले बताए ।

रसुवाको सदरमुका स्थानीय निकाय पुनर्संरचनामा माथिल्लो भेगमा नपरेको भन्दै स्थानीय आक्रोशित थिए ।

प्रतिक्रिया