पोखरामा अधिक बर्षा, रामघाटमा ताल बन्यो, प्लटिङले डुवान

पोखरामा अधिक बर्षा, रामघाटमा ताल बन्यो, प्लटिङले डुवान


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ११ साउन २०७३
  • 14.2K
    Shares

पोखरामा सर्वाधिक बर्षा भएको छ । वितेको २४ घण्टामा पोखरामा २६३ .४ मिलिमिटर बर्षा भएको जल तथा मौषम विज्ञान विभागले जनाएको छ । मंगलवार साझ पौने ६ बजेको मापन अनुसार पोखरामा देशभरकै सर्वाधिक बर्षा भएको हो ।

नेपालकै चेरापुन्जी भनेर चिनिने कास्कीको लुम्लेमा भन्दा पनि पोखरामा बढी बर्षा भएको हो । लुम्लेमा २१६.५ मिलिमिटर बर्षा भएको छ । त्यस्तै विराटनगरमा २२८.६ मिलिमिटर बर्षा भएको छ । काठमाडौंमा ८६ मिलिमिटर बर्षा भएको विभागले जनाएको छ । सबैभन्दा कम सिमरामा १.९ मिलिमिटर बर्षा भएको छ ।

सेती नदीमा बाढी, पन्ध्र घर डुबानमा, तीस घर बिस्थापित

पोखराको सेती नदीमा पानीको सतह बढेपछि नदि किनारका बस्तीहरु जोखिममा परेका छन् । हिजो देखि परेको भारी वर्षाले नदिको सतह बढेर पोखरा–१० रामघाटको सुकुम्बासी बस्ती डुबानमा परेको छ ।

DCIM100GOPROGOPR0776.
पोखराको रामघाटमा नदीको पानी थुनिएर ठुलो ताल बनेको छ भने वाढीका कारण  सेती किनारका  १५ घर डुबानमा परेका छन् । वाढीकै  कारण कसेरीका दुई दर्जन बढी घर  बिस्थापित भएका छन । सुकुम्बासी बस्ती सँगै तमु प्ये ल्हु संघको शक्तीघाट स्थित चिताघाट समेत डुबानमा परेको छ । कास्कीको पार्चे गाविसमा मादी नदीले दुईवटा  घर र  क्लिनिक बगाएको छ ।
सेतीमा बाढी पछि डुबान भएको रामघाट तर्फको भाग
सेतीमा बाढी पछि डुबान भएको रामघाट तर्फको भाग
सुकुम्बासी बस्तीमा सोमबार राति बाढी पसेपछि त्यहाँका बासिन्दालाई रातिनै सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता गजुसिद्धि बज्राचार्यले  बताउनुभयो ।
सेतीमा पानी थुनिएपछी बनेको ताल

कास्कीको हेम्जामा बालुवा निकाल्ने क्रममा एक महिलालाई सेती नदीले बगाएर बेपत्ता बनाएको छ भने दर्जनौ घर डुबानमा परेका छन् । सोमबार साँझ हेम्जामा बस्दै आएकी म्याग्दीकी ४० वर्षीया मोतीकला छन्त्याललाई सेती नदीले बगाएको र उनको खोजीकार्य भइरहेको बज्राचार्यले जानकारी दिनुभयो ।

DCIM100GOPROGOPR0766.

त्यसैगरी पोखराको छोरेपाटनमा पनि केहि घर डुबानमा परेका छन् । दामोदर (खहरे) खोलामा आएको पानीले निकास नपाएपछी सो ठाउका घरहरु डुबानमा परेका हुन् । खोलाको पानी जाने ठाउँ पुरेर प्लटिङ गरि घर तथा घडेरी बनाइएपछी उक्त बस्ती डुबानमा परेको हो ।  छोरेपाटनकै पर्यटकीय स्थल डेभिस फल  ( पातले छाँगो ) मा  पानीको सतह बढेपछी पर्यटक तथा सर्बसाधारण सबैलाइ भित्र जान रोक लगाइएको छ । भारी बर्षा पछी पोखराको फेवातालमा पनि पानीको सतह निकै बढेको छ। बाढीका कारण कास्कीको भदौरे तामागीको ठुलाखेत खहरे खोलाको पुल बगाएको छ 
लाम्गादी पुल
लाम्गादी पुल

अबिरल बष्ातको कारण लेखनाथ – लामगादि जोड़ने पक्की पुल खतरामा परेको जानकारी प्राप्त भएको छ । सर्बसाधारण लाइ आवात जावत मा रोक समेत लगाइएको स्थानीयले बताएका छन । उक्त पुल मार्फत पोखरा देखि पुडीटर जाने बस साथै पोखरा देखि लामगादि, भन्ज्यांग , मालागिरि हुदै मनियल डाडा जाने बस सञ्चालन हुन्थ्यो ।

छोरेपाटनमा प्लटिङले डुवान

अविरल बर्षाको कारण पोखराको छोरेपाटनमा रहेका ३० भन्दा बढी घर ढुवानमा परेका छन् । स्थानिय दामोदर खोलामा आएको बाढी बस्तिमा पसेपछि घरहरु डुवानमा परेका हुन् । खोलाको पानीको निकास नहुदा वस्ती डुवानमा परेको हो ।

डुबानमा परेको प्लातिन्ग्को जग्गा
डुबानमा परेको प्लातिन्ग्को जग्गा

दामोदर कुनामा विष्णु पौडेल, माया न्यौपाने, रमिला सुनार, गोपाल प्रसाद अधिकारी, माया नेपाली, खीमादेवी पौडेल, मोहनराज विश्वकर्मा लगाएतको घर डुवानमा परेको छ । खोलाको पानी निकास हुने क्षेत्र पुरेर प्लटिङ गरेपछि डुवानको समस्या भएको हो ।

पानीको निकास क्षेत्र पुरेर प्लटिङ गर्दै घर बनाउन थालेपछि तीन वर्षदेखि डुवानको समस्या भोग्दै आएको स्थानिय मोहनराज विश्वकर्माले बताए । खोलाको वहाव क्षेत्र नभएपछि भ्वानबाट भूमिगत रुपमा पानीको निकास हुदै आएको थियो ।

प्लटिङको कारण पानीको निकास नहुदा डुवानमा परेको भन्दै स्थानियले गुनासो गरेपछि अघिल्लो बर्ष सर्बपक्षिय भेला समेत भएको थियो । भेलामा प्लटिङ गर्ने पक्षले पानीको निकासको लागि ब्यवस्था मिलाउने प्रतिबद्धता जनाएपनि कार्यन्वयन भएन ।

प्रतिक्रिया