हराएकी विदेशी युवती एडिना नग्न अवस्थामा मृत फेला

हराएकी विदेशी युवती एडिना नग्न अवस्थामा मृत फेला


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ११ साउन २०७३
  • 26.5K
    Shares

टुरिस्ट गाइडबिनै अन्नपूर्ण क्षेत्रको घान्द्रुक घुम्न गएकी रोमानियाकी २६ वर्षीया एडिना पोपेस्कु मृत भेटिएकी छिन् । उनको शव घान्द्रुक १ स्थित सिवाइखोलामा आइतबार भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

सिवाइखोलामा सञ्चालित लघु जलविद्युत आयोजनाको विद्युत गृहभन्दा केही तल खोलाको ढुंगामा अड्केको अवस्थामा उनको शव भेटिएको हो । पासपोर्ट नम्बर ०५२७३६६०० की एडिनाको मृत्युका विषयमा अनुसन्धान थालिएको प्रहरी नायव उपरीक्षक गजुसिद्धि बज्राचार्यले बताए ।

स्थानीय बासिन्दाका अनुसार युवतीको शव नांगै थियो । सडेर गन्ध आएको अवस्थामा शव भेटिएको र टाउकोमा चोटसमेत लागेको उनले बताए ।

असार २७ गते नेपाल आएकी एडिना अन्नपूर्ण बेसक्याम्प जान्छु भन्दै एक्लै घुम्न निस्किएकी थिइन । तर उनी बेसक्याम्प पुगे नपुगेको थाहा नभएको प्रहरीले जनाएको छ । असार ३० मा उनी छोम्रोङ भने पुगेकी थिइन् । साउन १ गतेदेखि सम्पर्कविहीन भएकी उनले असार २८ मा केही फोटो आफ्नो परिवारलाई पठाएकी थिइन ।

उनी सम्पर्कबिहीन भएपछि रोमानियाबाट उनका साथीहरु खोज्न आएका थिए । साथी र स्थानीयले खोलामा अड्किएको अवस्थामा शव भेटेका थिए ।

भीरमा फोटो खिच्ने क्रममा लडेकी हुनसक्ने स्थानीयले अनुमान गरेका छन् । तर घटनाबारे अहिल्यै यसै भन्न नमिल्ने प्रनाउ बज्रचार्यले बताए ।

 

प्रतिक्रिया