झर्केथालमा सेतो खरानी सेता अक्षता र सेता रंगको फुल राखेर २०४७ साल देखिको २०७४ साल सम्मको अनुभव, माअोवादिको जनयुद्ध , जनअान्दोलन , लिम्बुवान अान्दोलन ,संविधान सभाको चुनाव ,नेताहरुको असक्षमता ,मधेश अान्दोलन त्यसपछि विवेकशील नेपाली अनि विवेकशील नेपाली र साझा पाटीको एकिकरण अगाडी राखेर जोखना हेर्दा देखियो
ू हालसम्म काङ्ग्रेस एमाले र माअोवादिको नेतृत्वमा भएको राजनितिक, सामाजिक र अार्थिक परिवर्तन र त्यसको उपलब्ध प्रसंशनिय छन् । राजनितिक परिवर्तन समयको माग अनुसार फरक समयमा फरक नेतृत्वले गरेका छन र यो क्रम बदलिदो समय अनुसार समयको माग संगै फेरि फेरि हुदैजानेछन् तर पाएको राजनितिक ,सामाजिक र अार्थिक उपलब्धि संरक्षण गर्न सकिएन भने समयक्रम संगै हुदै जाने सामाजिक , राजनितिक र अार्थिक परिवर्तनले नेपाललाई पतनको बाटो तिर धकेल्नेछ ।
नेपाली काङ्ग्रेस , एमाले र माअोवाेदिको नेतृत्वमा नेपालले पाएको उपलब्धिको संरक्षण त्यहि दलहरुले गर्न सकेनन् फलस्वरूप अाज ति नेपाली जनताले अहम् भुमिका निर्वाह गरेर प्राप्त भएको राजनितिक, अार्थिक र सामाजिक परिवर्तन र त्यसको उपलब्धिहरु संरक्षण गर्न नसक्ने नेतृत्वले गर्दा अनियन्त्रित भई रुप फेरेर लुटतन्त्रमा परिणत भएको छ । राजनितिक परिवर्तन खरायोको चालमा अघि बढाए भने अार्थिक र सामाजिक कछुवाको चालमा त्यहि पनि नेपाली नागरिकहरुले अहम भुमिका निर्वाह गरे , ४० लाख धेरै विदेशीए ।
नेपाललाई विकासको पथमा अघि बढाउनुु बिर्सेका ति लुटतन्त्रको मन्त्र फलाक्ने तान्त्रिकहरु अाज शक्ति र विलासि जिवनमा भुलेर अाफ्नो स्वार्थ पुरा गर्न सरकारी कार्यलय र संस्थाहरुमा छोटे राजा रुपमा अड्डा जमाएर बसिरहेछन् परिणाम लेखपढ गर्न नसक्ने र गरिबहरुको लागी सरकारी कार्यलय झन्झटिलो र सास्ति मात्र दिईरहने एउटा क्रुर शासकको दरबार जस्तो भएको छ ।
राजनितिक दलहरुको एक अापसको खिचातानिले सिर्जना भएको अस्थिर राजनिति र होश खुले देखि नै युद्ध र बन्द मात्र देखेका २५ देखि ३० बर्षका युवाहरुमा राजनितिक नेतृत्वको चाला देखेर राजनिति प्रति वितृष्णा उत्पन्न भएको तथ्यलाई अात्मसाथ गर्ने हो भने त्यहि तथ्यलाई टेकेर एउटा कुरा स्पष्ट भन्न सकिन्छ देशका भविष्य निर्माताहरुले राजनितिमा चासो नदेखाए पछि सरकारी कार्यलय र मन्त्रालय नेताहरुका लागी क्रिडास्थल बन्यो , जे भन्यो त्यहि हुने जे गरे नि हुने ।
लोकतन्त्र भने तर लुटतन्त्र मच्चाए , शिक्षा स्वास्थ यातायत हरेक क्षेत्रमा अर्बौ अर्ब घोटला गर्नेहरु अझै ढलेका छैनन् सबै राजनितिक अाडमा नै मौलाएका छन् । अझै पनि सयौं लोकमान छन् , लोकमानको अाडमा लुट मच्चाईरहेका हजारौ चुडामणी शर्माहरु दिनहु कार्यलय धाएका छन् , लोकमान र चुडामणी त बाहिरी अनुहार हुन भित्री अनुहारको बारेमा सम्मानिय पुर्व प्रधानन्यायाधीश शुसिला कार्कीको अन्तरवार्ता हेर्दा अड्कल गर्न सकिन्छ , साझा सवालमा सम्मानिय प्रधानमन्त्रि शेर बहादुर देउवाको एउटा नागरिकले सोधेको प्रश्नको जावफ दिने शैलिले सेवक जनताको शासक नेतृत्व नेपालमा अझै जिउदै छ भन्ने कुरालाई प्रष्ट पारिदिएको छ ,एमाले अध्यक्ष केपि वलिले डा।केसिको माग बारेमा राखेको धारणाले अझै देश लुटेेर नअघाएको कुरा खोलिएको छ बस नागरिकले ईशारा मात्र नबुझेका हुन ।
घर हेर्दा राम्रो तर भित्र भित्र धमिराले खाएको जस्तो भएको छ देशको हालत , यस्तो स्थितिबाट निकास दिन सक्ने भनकै राजनितिक दलहरुले मात्र हो , डा।गोविन्द केशी न काङ्ग्रेस, न एमाले न माओवादी वि। सं। २०६९ देखि मेडिकल शिक्षा सुदृढीकरणका लागि ११ औं पटक अनशन बस्दा ६ प्रधानमन्त्री र ६ शिक्षामन्त्री परिवर्तन भएका छन् ।
११अौं पटक अनसन बसिरहेका डा। गोविन्द केशीलाई सम्झौताको नाममा सधै उल्लु बनाईयो किनकी डा।केसि एक नागरिक हुन र शासक सरकारले चलाउदै गरेको लुटतन्त्रमा नागरिकको माग सम्बोधन हुन सक्दै सक्दैन , त्यसैले यो लुटतन्त्रको अन्त्य गर्ने भनेकै राजनितिक दलले मात्र हो किनकी फोहोर पोखरी सफा गर्न पोखरीमा हाम फाल्नै पर्छ । मानिसको वथान नि अाफ्नो दलको सरकार हुदा समर्थन गर्ने अर्काको हुदा विरोध गर्ने प्रवृत्तिको छ ।
यसकारणले शासक सरकारलाई लुटतन्त्र मच्चाउन बल पुगेको छ , ू बाख्रीको पुच्छर काटो बोकालाई सजिलो ू यो उखान नेपालको राजनितिमा सार्थक भएको छ । हामी अहिले सम्म खाली बाख्रीको पुच्छर मात्र काट्दैछौ हाम्रो बोकाहरुलाई सजिलोस् भनेर , कसैले छिरिक्क केहि अावाज उठायो भने बोकाहरुको बारेमा त्यसको खेदो खन्नु सदैव तयारी अवस्थामा बस्छौ । अनि कसरी शासक सरकारले लुटतन्त्रको अन्त्य गर्छ एउटा साधारण नागरिक भोकै अनसन बस्दा , जब सम्म हामी एकताको सुत्रमा बाधिएर एक हुदैनौ , जब सम्म सयौले बोल्ने फरक फरक बोली हाम्रो एकै बोली हुदैन तब सम्म यो लुटतन्त्र डगमगाउने वाला छैन सोचनिय पक्ष के छ भने अाज कोही काङ्ग्रेस एमाले माअोवादीमा अास्था राख्छन होला तर यो लुटतन्त्रले ति तमाम हरिया राता कमरेडहरुलाई नि जब सम्म लुटतन्त्रको अन्त्य हुदैन तब सम्म काङ्ग्रेस एमाले माअोवादी नभनि लुटिरहन्छ ।
स्वामी विवेकानन्दले भनेका छन् ू उठ जाग शक्तिशाली होऊ ,किनकी बलि बाख्राको दिईन्छ सिंहको हैन । ू अब ति लोकतन्त्रको नाममा लुटतन्त्रको मन्त्र फलाक्नेहरु जसले अाफ्नो नाति पनाति सम्मको लागी अकृत सम्पति जोडेर देखाउने बेलामा लाज शरम विना दुई तोला सुन देखाएका छन उनिहरु विरुद्ध सबै एकजुट हुने बेला हो । बलिको बाख्रा धेरै अघि देखि हुदै अाएका छौ , नेताको भरमा धेरै बाच्यौ अब एकताको सुत्रमा बाधिएर एक भै सिंह हुने बेला अाएको छ , अब हाम्रो नेताहरुलाइ तिमिहरु हाम्रो भरमा बाचिरहेको छौ भनेर झक्झकाई दिने बेला अाएको छ । दुई तिन दशक अघिको एक पुस्ता जसले ू देश हैन पैसा ू देखे अथवा भनुम परिवर्तनशील राजनितिले त्यस समयको युवा यति सम्पति अार्जन गर्नमा केन्द्रित बनायो कि कसैले सरकारले के गर्दैछन सोच्न सकेनन् तथापि अान्दोलन र उपलब्धिहरु प्राप्त नगरेको हैनन् तर नि सक्षम नेतृत्व चुन्नमा कसैको विचार गरेनन् ।
त्यसपछि जनयुद्धले सारा नेपालीलाई अस्तव्यस्त बनायो । युवा योद्धा र ज्यान बचाउन विदेशीनेे होड नै चल्यो लगभग ५० लाख युवा विदेशीए पछि देशको प्र्रमुख अायस्रोत नै रेमिट्यान्स बन्यो । तिनै जनताको साथ पाएर प्राप्त गरेको कुर्सिमा बसि त्यहि जनतालाई विदेशीन बाध्य पारी , उनिहरुकै रेमिट्यान्समा लुटतन्त्र मच्चााउनेहरुलाई केहि बर्ष अघि उदाएको विवेकशील नेपाली दल यो लुटतन्त्र को सशक्त विरोध गर्दा गर्दै पनि टेड पुच्छर नलगाए पछि ति लुटतन्त्रको मन्त्र फलाक्ने तान्त्रिकहरुले , यो चलायमान लोकतन्त्रलाई प्रलयमान लुटतन्त्र देख्नेहरु एक हुनु नै अत्ति अावश्यक ठानेर भर्खरै दल दर्ताको क्रममा रहेको साझा संग ू पाटि भन्दा माटी ठुलो ू भन्दै एकताको घोषणा गर्यो । यो एकिकरणले अवश्य पनि सबै माझ केहि अाशा पलाएको छ । यो एकिकरण अाफ्नो बगैचामा एउटा अभिभावकले अाफ्नो सन्तानको लागी भनेर लगाएको शीतल दिने पिपलको विरुवा पनि हो जसले तत्कालै फाईदा नदिएला तर राम्रो मलजल गरे छोरा अथवा नातीले पिपलको शीतलता अवश्य पाउनेछन् । काङ्ग्रेसले समयको माग सम्बोधन गर्दै प्रजातन्त्रको लागी लडाई लड्यो त्यस्तै माअोवादीले संघिय गणतन्त्र भन्दै लडाई लड्यो सफल पनि भए दुबै लडाईमा समानता खोज्ने हो भने सर्वसाधारण जनताले दुवै दललाई गास र बासले साथ दिए अनि मात्रै सफल भएका हुन ।
त्यस्तै जनअान्दोलन ६२र६३मा पनि पटक पटक राजनितिक दलहरुले निर्णायक अान्दोलनको संज्ञाा दिएर जुलस लगाउदा पनि केहि नचले पछि नागरिक समाज अान्दोलनमा उत्रिएपछि मात्र अान्दोलनले सफल भएको हो । सर्वसाधारण नागरिकको साथ विना राजनितिक दलका सदस्यहरुले मात्र यो लुटतन्त्र फाल्न सक्दैनन् तर सबैलाई एकताको सुत्रमा बाध्ने काम भने राजनितिक दलकै हुनेछ त्यसैले सके सम्म हरेक नेपाली नागरिक लुटतन्त्रको विरुद्धमा उभ्याउन सक्नु यो एकिकरण पछिको पहिलो कााम हो । फरक फरक समयमा समयको माग अनुसार राजनितिक परिवर्तन भए जस्तै अबको समयले खोजेको परिवर्तन नै विवेकशील साझा दलको नेतृत्वमा ूलुटतन्त्रू को अन्त्य हो । विवेकशील साझा दलमा अावद्ध हुनुहुने सबै नेतृत्वहरु अब एउटा परिवर्तन हुन्छ त्यो तपाईहरुकै कारणले हुन्छ , अब एउटा ईतिहास रचिन्छ जुन ईतिहासको पानामा तपाईहरुको नाम लेखिनेछ , अब पवित्र एउटा राजनितीक शुद्धीकरणको हुदैछ जुन अभियानमा तपाईहरु संग्लन हुनुहुन्छ । कति पनि विचलित नहुन अाफ्नो लक्ष्य देखि बाधा अड्चन हजारौ अाउनेछन् , भित्री कमजोरी सयौ अाउलान तर लुटतन्त्रको विरुद्धमा अावाज जोड जोडले उठाउन नछोड्नुहोस , थप जोश जागरको साथ जिम्मेवारी निभाउनुहोस ।
भ्रष्टाचार विरुद्ध उठेको अावाजलाई अझ बुलन्द बनाईदिनु होस् , कुन मान्यता खराब कुुराहरुमा ढल्कने मनोवृत्तिका कारण हुुन पत्ता लगाएर सबैमा चेतना फैलाउनुहोस तपाईहरु विरुद्ध लुटतन्त्रका मन्त्र फलाक्ने सयौ हजारौ तान्त्रिकहरु अाई लाग्नेछन मात्र बाटो नबिराउनु होस तपाईहरुकै नेतृत्वले यो लुटतन्त्रको अन्त्य एक दिन अवश्य हुनेछ । लाखौ ूमू पछि मेरो नातानातिनालाई तपाईहरुको गौरवशाली नेतृत्वको तारिफ गर्दै भन्न सक्नेछु ू म त्यहि थिए , मैले विवेकशील र साझा एकीकरण भै सबल हुदै गरेको देखेको थिए, लुटतन्त्र विरुद्ध कडा अावाज उठाएकालाई कयौ अापत्त अाईलागे तर नि एकरत्ति उनिहरु अाफ्नो लक्ष्यबाट बिचलित भएनन् र अन्त्यमा लुटतन्त्र ढालेरै छोडे। ू