केटीसँग घुम्ने विषयमा विवाद हुँदा दुई समूहको झडपमा एक जनाको मृत्यु

केटीसँग घुम्ने विषयमा विवाद हुँदा दुई समूहको झडपमा एक जनाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १७ असार २०७४
  • 11.3K
    Shares

नवलपरासी : दुई समूहका युवा बीचको झगडाका कारण नवलपरासी सुस्ता गाउँपालिका-२ सत्पत्ति गाउँका ३८ वर्षिय गोपाल चालिसेको मृत्यु भएको छ। प्रहरीका अनुसार हत्या गरिएका मृतक चालिसे आंशिक रुपमा मानसिक सन्तुलन गुमाएका थिए।

शुक्रबार दिउँसो बर्दघाट नगरपालिका– १४ कुकुरमाराका १७ वर्षीय भुकेश गाहा सुस्ताको चुअरी मन्दिरमा केटी साथीसँग घुम्न जाने क्रममा स्थानीय युवाबीच झगडा भएको थियो। सो क्रममा चुअरी मन्दिर नजिक रहेका गाउँका केही यूवाहरुले गाहालाई कुटपिट गरेका थिए।

प्रतिशोधमा रहेका गाहाले कुकुमाराबाट साथीहरु बोलाएर आफूलाई कुटपिट गर्ने युवाहरु खोज्न थालेका थिए। सोही क्रममा रातको समयमा गाउँतर्फ जाँदै गरेका चालिसेलाई आक्रोशित समूहले चिरपट प्रहार गरेको थियो। टाढाबाट आउँदै गरेका युवा उमेरका चालिसेसमेत कुटपिटमा संलग्न भएको आशंकामा १०÷१२ जनाको समूहमा रहेका गाहाका साथीहरुले चिरपट प्रहार गरेको इलाका प्रहरी कार्यालय बेलाटारीका निरीक्षक केशरसिंह थापाले बताउनुभयो।

टाउकोमा गम्भीर चोट लागेका ३८ वर्षीय चालिसेको केही बेरमा मृत्यु भएको प्रहरी निरीक्षक थापाले बताउनुभयो। आवेगमा रहेका यूवाले बाटोमा जस्लाई देखेपनि कुटपिट गर्दै हिँडेका कारण अनाहक रुपमा चालिसेले ज्यान गुमाएको प्रहरीले जनाएको छ। घटनाको अनुसन्धान गर्न गाहासहित ५ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। अन्नपुर्ण पोष्टले लेखेको छ।

प्रतिक्रिया