रसुवा बाढी अपडेट : हालसम्म नौसय ३९ शव भेटिए : तीनहजार नौसय २५ अझै सम्पर्कविहीन

रसुवा बाढी अपडेट : हालसम्म नौसय ३९ शव भेटिए : तीनहजार नौसय २५ अझै सम्पर्कविहीन


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १६ भाद्र २०८३
  • 836
    Shares

rasuwa flood, रसुवा बाढी

काठमाडौं, १६ भदौ २०८३।

रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी सोमबार साँझसम्म ९३९ जनाको शव फेला परेको छ । बाढीमा परेर अझै ३ हजार ९२५ जना सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार बाढीबाट रसुवासहित नुवाकोट, धादिङ, गोरखा, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, तनहुँ र चितवन लगायतका जिल्ला प्रभावित भएका छन् ।

फेला परेका शवमध्ये रसुवामा २३, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६५, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १६८, तनहुँमा ३८ र चितवनमा २७९ जनाको शव रहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार बाढी प्रभावित क्षेत्रबाट सोमबार साँझसम्म ११ हजार ३७९ जनाको उद्धार गरिएको छ । उद्धार कार्यसँगै सम्पर्कविहीन व्यक्तिहरूको खोजीलाई पनि तीव्र पारिएको छ ।

यसैबीच, नेपाली सेनाले मात्रै ३ हजार ४०४ नेपाली र २५३ विदेशी नागरिकको हवाई उद्धार गरेको छ । खोज तथा उद्धार अभियानका क्रममा सेनाले हालसम्म ४९९ पटक हवाई उडान गरेको जनाएको छ । सोमबार मात्रै सेनाले ८८ तथा निजी क्षेत्रका हेलिकोप्टरले २९ वटा हवाई उडान गरेका थिए ।

बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाल प्रहरीका ७ हजार ९०९, नेपाली सेनाका ८ हजार ८९६ र सशस्त्र प्रहरी बल नेपालका ४ हजार २०३ गरी २१ हजार ८ जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्राधिकरणका अनुसार प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने कार्यसमेत निरन्तर भइरहेको छ । बाढी प्रभावित क्षेत्रमा खाद्यान्न, गैरखाद्य सामग्री, औषधि तथा स्वास्थ्य सामग्री पठाउने कामलाई प्राथमिकताका साथ अघि बढाइएको छ ।

बाढीका कारण ठूलो मानवीय क्षति भएपछि बेपत्ता नागरिकको खोजी, शव पहिचान तथा उद्धार र राहत वितरणलाई प्रभावकारी बनाउन सुरक्षा निकाय तथा सम्बन्धित सरकारी संयन्त्रहरू परिचालन भइरहेका छन्।

प्रतिक्रिया