धनगढी उडेकाे श्री एयरलाइन्सको विमान चरासँग ठाेक्किए पछि …… …..

धनगढी उडेकाे श्री एयरलाइन्सको विमान चरासँग ठाेक्किए पछि …… …..


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १६ भाद्र २०८३
  • 760
    Shares

काठमाडौं , १६ भदौः २०८३।

काठमाडौं । काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको विमानमा चरा ठोक्किएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवामा आकस्मिक अवतरण गरिएको छ ।

५३ जना यात्रु बोकेर काठमाडौं विमानस्थलबाट उडेको विमान दिउँसो ३ः३२ बजे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको हो ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका निमित्त महाप्रबन्धक श्यामकिशोर साहका अनुसार उडानका क्रममा विमानको अगाडिको सिसा (विन्डसिल्ड) मा चरा ठोक्किएको थियो । त्यसपछि पाइलटले सुरक्षालाई ध्यानमा राख्दै विमानलाई भैरहवामा आकस्मिक अवतरण गराएका हुन् ।

आकस्मिक अवतरणपछि विमानलाई भैरहवा विमानस्थलमै राखिएको छ भने त्यसमा सवार यात्रुलाई अर्को विमानमार्फत धनगढी पठाइएको साहले जनाए । विमानको प्राविधिक परीक्षणका लागि प्राविधिक टोली बोलाइएको छ ।

प्रतिक्रिया