त्रिशूली नदीको बाढीमा शेर गणका १८ सैनिक सम्पर्कविहीन (हेर्नुस सुची)

त्रिशूली नदीको बाढीमा शेर गणका १८ सैनिक सम्पर्कविहीन (हेर्नुस सुची)


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १६ भाद्र २०८३
  • 893
    Shares

काठमाडौं , १६ भदौः २०८३।

गएको भदौ १० गते बिहान करिब ९ः३० बजे त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि श्री शेर गणमा कार्यरत १८ जना सैनिक सम्पर्कविहीन रहेको विवरण सार्वजनिक भएको छ ।

बाढीका कारण उनीहरू सम्पर्कविहीन बनेको जनाइएको छ । सार्वजनिक विवरणमा सैनिकहरूको नाम, दर्जा, सैनिक नम्बर तथा स्थायी ठेगानासहितको विवरण राखिएको छ ।

उपलब्ध विवरणअनुसार सम्पर्कविहीन हुनेमा सहायक सेनानी, हुद्दा, अमल्दार तथा सिपाही दर्जाका सैनिकहरू रहेका छन् । उनीहरू विभिन्न जिल्लाका बासिन्दा रहेको विवरणमा उल्लेख छ ।

भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीले रसुवालगायत आसपासका क्षेत्रमा ठूलो क्षति पुर्‍याएपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले खोज तथा उद्धारलाई तीव्र बनाएका छन् । बाढी प्रभावित क्षेत्रमा सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ ।

सम्पर्कविहीन सैनिकहरूको विवरण:

सहायक सेनानी रामप्रसाद बिष्ट

हुद्दा प्रचण्ड भण्डारी

हुद्दा केशव गौतम

अमल्दार गोविन्द राना

अमल्दार विष्णु घर्ती

अमल्दार विक्रमबहादुर ठकुरी

सिपाही गणेश कार्की

सिपाही प्रकाश भण्डारी

सिपाही विपिन थापा

सिपाही विनोद बस्नेत

सिपाही विवेक नारायण चौधरी

सिपाही मनोज गिरी

सिपाही प्रकाश भण्डारी

सिपाही दीपक खड्का

सिपाही अभिषेक गुप्ता

सिपाही खड्गबहादुर जैसी

सिपाही विपिनप्रकाश चौधरी

सिपाही अमृतकुमार गुप्ता

समाचार स्रोत रेडियो लाङटाङ

प्रतिक्रिया