अक्षर नराम्रो भएको’ भन्दै विद्यार्थी कुटपिट गर्ने प्रिन्सिपल पक्राउ

अक्षर नराम्रो भएको’ भन्दै विद्यार्थी कुटपिट गर्ने प्रिन्सिपल पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १७ असार २०७३
  • 12K
    Shares

विद्यार्थीलाई कुटपिट गरेको अभियोगमा पाँचथरको एक निजी विद्यालयका प्रिन्सिपल पक्राउ परेका छन्। पक्राउ पर्नेमा पाँचथर थर्पूस्थित साइनिङ स्टार लोवर सेकेण्डरी इङ्लिस स्कुलका प्रिन्सिपल ईश्वरीप्रसाद सापकोटा छन्।
उनले ताप्लेजुङ आम्वेगुदीन–९ घर भई सोही स्कुलमा कक्षा २ मा पढ्दै गरेका ८ वर्षका रचित विष्टलाई मंगलबार विहान ‘अक्षर नराम्रो भएको’ भन्दै ट्युसन कक्षामा कुटपिट गरेको आरोप लागेको छ। बालकलाई अक्षर (हेनराइटिङ) राम्रो नभएको भन्दै विद्यार्थीहरूकै माझमा बाँसको लाठीले हातपाखुरा तथा खुट्टाका विभिन्न भागमा निलडाम हुनेगरी कुटपिट गरेपछि उनलाई नियन्त्रणमा लिइएको पाँचथर प्रहरीले जनाएको छ।
कुटाईको कारण ज्वरोले थलिएको बच्चाको उपचारसहित कुटपिटमा संलग्न प्रिन्सिपललाई कानुनी कारबाहीको माग गर्र्दै उनले बिहीबार नैजिल्ला प्रहरी कार्यालय पाँचथरमा निवेदन समेत गरेपछि प्रिन्सिपल सापकोटालाई समेत प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रतिक्रिया