काङ्रेस उम्मेदवार माथी आफ्नै कार्यकर्ताद्दारा हातपात

काङ्रेस उम्मेदवार माथी आफ्नै कार्यकर्ताद्दारा हातपात


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ५ असार २०७४
  • 8.2K
    Shares

नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद वडूमाथि हातपात प्रयास भएको छ ।

उनले दार्चुला सदरमुकाम स्थित महाकाली नगरपालिकामा उम्मेदवारी दर्ता गराएपछिको आयोजित चुनावी सभा सम्वोधन सकिएपछि पार्टी कार्यालय पुगेका वडूलाई कांग्रेसकै कार्यकर्ताले हातपातको प्रयास गरेका हुन् । स्थानीय पदम ठगुन्नाले आफ्ना बुबालाई टिकट नदिएको भन्दै गालिगलौज गरी हातपात गर्न खोजेका थिए ।

ठगुन्नालाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी केदार खनालले जानकारी दिए । नँया पत्रिकाबाट

प्रतिक्रिया