दोहोरो झडप हुँदा एमाले कार्यकर्ताको मृत्यु

दोहोरो झडप हुँदा एमाले कार्यकर्ताको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ४ असार २०७४
  • 15.9K
    Shares

बाजुरा/ मनोनयन दर्ता गर्न मतदान अधिकृतको कार्यालयमा जाने क्रममा छेडेदह गाउँपालिकामा काँग्रेस र एमालेका कार्यकर्ताहरुबीच भएको दोहोरो झडप हुदा छेडेदह–६ का ५५ वर्षीय एमाले कार्यकर्ता हंश रावतको मृत्यु  भएको छ ।

उनलाई उपचारका लागि सदरमुकाम ल्याउदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी दलबहादुर बोगटीका अनुसार झडपमा दुबैतर्फ गरी ३० जना बढी घाइते भएका छन् । दुबैतर्फबाट ढुङ्गा हानाहान भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया