बुद्ध एयरको विमान पार्किङ-वेमा राखिएको भर्‍याङमा ठोक्कियो

बुद्ध एयरको विमान पार्किङ-वेमा राखिएको भर्‍याङमा ठोक्कियो


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १ असार २०७४
  • 9.7K
    Shares

पोखराबाट काठमाडौं गएको बुद्ध एयर विमान त्रिभुवन विमानस्थलमा दुर्घटनाबाट जोगिएको छ । बिहीबार मध्यान्ह ९ एन एआईएन कल साइन भएको बुद्ध एयरको विमान पार्किङ- वेमा राखिएको भर्‍याङमा ठोक्किएको हो ।

विमान पार्किङ गर्ने क्रममा विमान सफा गर्न राखिएको भर्‍याङमा ठोकिएपनि ठूलो क्षति हुन पाएन । तर, विमानको इन्धन ट्यांकीमा क्षति पुगेको स्रोतले बतायो ।

यात्रुहरुले पनि दाहिने पँखेटा ठोकिएको बताएका छन् । विमानको पँखेटाकै भागमा फ्युल ट्यांकी हुने भएकाले यरी ठोक्किँदा विमानमा आगो लाग्ने ठूलो सम्भावना हुन्थ्यो । तर, सौभाग्यबस आगो नगागेकाले ठूलो दुर्घटना हुन नपाएको विमानका यात्रु नरेश भट्टराईले जानकारी दिए । फोनिज कास्कीका अध्यक्ष एमबी आस्थाले पनि आफ्नो फेसबुकमा तस्विर सहित विमान दुर्घटनाबाट जोगिएको जानकारी गराएका छन् ।

बुद्ध एयर स्रोतले पनि विमानस्थलको लापरवाहीले घटना भएको भन्दै विमानमा समान्य क्षति भएको बताएको छ । विमानस्थल प्रशासनले भने घटनाबारे अपौपचारिक रुपमा कुनै जानकारी दिएको छैन । ट्याक्सी-वेबाट समयमै भर्‍याङ नहटाइएको कारण घटना बाहिर नजाओस् भन्ने उद्देश्यले विमानस्थलले घटनालाई लुकाउन स्रोतले बतायो ।

प्रतिक्रिया