बहराइन को एक घरमा ३ महिना लामो शारीरिक एवम मानसिक यातना सहेकी प्रबिना राई को सकुशल उद्दार पश्चात् घर फिर्ता गरिएको छ! भारतको दार्जीलिङ स्थित सुनादाह (गोराबारी) कि प्रबिना राई ३ महिना अघि भिजिट भिसा मा बहराइन आएकी थिइन् ! उनलाइ बहराइन स्थित एक म्यानपावर एजेन्सीले घरेलु कामदार को रुपमा एउटा अरबीको घरमा मोटो रकम कमिशन लिएर लगाइदिएका थिए!
गत बिहिवार शकुसल घर फर्कन सफल प्रबिना राई सबैभन्दा पहिले बहराइन बाट भन्नासाथ राम दाइ हो ? भनी सोधेकी थिइन ! राम थापा जसको सिधा पहल मा उनलाइ उद्दार गरि घर पठाइएको थियो! ” म नर्कमा थिए, त्यो घर सम्झदा अझै पनि डर लाग्छ, राम दाइ लगायत सम्पुर्ण तपाईं हरु मेरो लागि भगवान बनेर आउनुभयो, आज सम्म पनि म त्यो ठाउँमा थिए भने थाहा छैन आजसम्म के हुन्थ्यो!” उनले भनिन! “तपाईं फेरि पनि बिदेश जानुहुन्छ ? भन्ने प्रश्न मा उनले भनिन ” जान्छु किनकी म आफ्नो खुट्टामा उभिन चाहान्छु तर अब भने राम्रोसँग बुझेर सबैको सल्लाह अनुसार नै अघि बढ्नेछु , त्यो घटना लाई लिएर मैले मेरो पुरै जिन्दगी बर्वाद त गर्न सक्दिन नि, जे भयो त्यसलाई एउटा नराम्रो सपना सम्झेर भुल्ने प्रयास गर्छु सजिलो त छैन तर पनि अघि बढ्ने प्रयास गर्नेछु! अन्तमा सम्पुर्ण बहराइन मा रहेर मलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सबैलाई धेरै धेरै धन्यवाद ब्यक्त गर्न चाहान्छु, बिशेष गरेर राम थापा दाइ लाई धेरै धेरै धन्यवाद दिन चाहान्छु, प्रत्यक्ष भेटेर नै मलाई सहयोग गर्नुहुने सबैलाई धन्यवाद भन्न चाहान्थे तर त्यो अवसर जुरेन त्यसको लागि माफी पनि चाहान्छु !
लगभग ९ मिनेट लामो टेलिफोन कुराकानी मा उनले बिगत का कहालीलाग्दो घटना हरुलाइ पनि बेलिबिस्तार लगाएकी थिइन तर हामीले बितिसकेको कुरा हो त्यसलाई फेरि नबल्झाउ भनेर यहाँ राखेनौ ! उनी जस्ता प्रबिनाहरु बिश्वका हरेक कुना कुनामा रोइरहेका छन, कोहि रहरै रहर मा त कोहि बाध्यता ले बिदेशिएका छन, कोहि जानाजान दलाल बाट ठगिएका छन त कोहि अञ्जान मा ठगिएर पीडित छन!