सरकारको विरोध जनाएपछि जेनजी आन्दोलनका घाइते पवन खड्का प्रहरी नियन्त्रणमा

सरकारको विरोध जनाएपछि जेनजी आन्दोलनका घाइते पवन खड्का प्रहरी नियन्त्रणमा


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २३ भाद्र २०८३
  • 1.2K
    Shares

काठमाडौं — सरकारको विरोध जनाएपछि जेनजी आन्दोलनका घाइते पवन खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

नयाँ बानेश्वरस्थित पुरानो संसद भवनमा गृहमन्त्री तथा अन्य मन्त्रीहरूको सहभागितामा आयोजित कार्यक्रममा खड्काले सरकारको भूमिकाप्रति असन्तुष्टि जनाउँदै विरोध गरेका थिए।

सरकारले आन्दोलनका घाइतेहरूका लागि पर्याप्त काम नगरेको भन्दै उनले आवाज उठाएका थिए। आफूलाई बोल्न दिनुपर्ने माग गर्दै विरोध जनाएपछि सुरक्षाकर्मीले उनलाई नियन्त्रणमा लिएका हुन्।

खड्काले आफूले आफ्ना कुरा राख्न पाउनुपर्ने बताउँदै सरकारसँग आन्दोलनका घाइतेहरूको विषयमा थप पहल गर्न माग गरेका थिए।

प्रतिक्रिया