स्करपियोको ठक्करबाट पोखरामा ८३ वर्षीया बृद्धा घाइते

स्करपियोको ठक्करबाट पोखरामा ८३ वर्षीया बृद्धा घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २३ भाद्र २०८३
  • 798
    Shares

पोखरा, २३ भदौ २०८३ ।

पोखरा महानगरपालिका–१७, बिरौटा बालोदयचोकमा स्करपियोको ठक्करबाट ८३ वर्षीया पैदलयात्री घाइते भएकी छन् ।

BAA ७६८९ नम्बरको स्करपियोले पैदल हिँडिरहेकी स्थानीय चन्दकला पौडेललाई मंगलबार बिहान करिब ८ः१० बजे ठक्कर दिंदा घाइते भएकी हुन्। पौडेलको दुवै हात, बायाँ खुट्टा र टाउकोमा चोट लागेको प्रहरीले जानकारी दिएको छ । उनको हाल चरक मेमोरियल अस्पतालमा उपचार जारी रहेको र बोल्न सक्ने अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनापश्चात अनुसन्धानका लागि स्करपियो चालक पोखरा महानगरपालिका–२२, कोदीका ४० वर्षीय सन्तोष सुनारलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया