पोखरा, २० भदौ २०८३ ।
पोखराको फेवातालमा कायाकिङ गर्ने क्रममा डुबेका एक युवाको मृत्यु भएको छ।
कायाकिङ गर्ने क्रममा फेवातालको तालबाराही मन्दिर पछाडि शनिबार दिउसो करिब ३० फिट गहिराइमा डुबेका उदयपुरका २१ वर्षीय आयुष तामाङको उपचारका क्रममा मृत्यु भएको हो ।
तामाङ डुबेको खबर पाउना साथ् सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण हेडक्वार्टर कालिका फेवा रेस्क्यु टावरबाट खटिएको उद्धार टोलीले उनलाई उद्धार गरेर उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरामा पुर्याएकोमा उनको सोही अस्पतालमा उपचार हुँदाहुँदै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिए।
तामाङको शव हाल अस्पतालमै राखिएको प्रहरीले जनाएको छ।