तनहुँको अम्रेनीमा हाइलक्सको ठक्करबाट पैदलयात्रीको मृत्यु

तनहुँको अम्रेनीमा हाइलक्सको ठक्करबाट पैदलयात्रीको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ७ कार्तिक २०८३
  • 1.1K
    Shares

तनहुँ, ६ कात्तिक २०८३।

तनहुँको अम्रेनीमा हाइलक्सको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।

डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको बा. १८ च ४५८७ नम्बरको हाइलक्स गाडीले बुधबार तनहुँको ब्यास नगरपालिका–१ अम्रेनीस्थित पृथ्वी राजमार्ग सडकखण्डमा ठक्कर दिंदा एक पैदलयात्रीको मृत्यु भएको हो ।

उक्त हाइलक्स गाडीको ठक्करबाट गम्भीर घाइते भएका अन्दाजी ४०/४२ वर्षीय पुरुषको पहिचान खुल्न बाँकी रहेको र उनलाई तत्काल उपचारका लागि प्रदेश अस्पताल दमौली पुर्‍याइएकोमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ।

मृतकको नामथर, वतन हालसम्म खुलेको छैन। प्रहरीले शव प्रदेश अस्पताल दमौलीमै राखी पहिचानको प्रयास भइरहेको जनाएको छ। गाडी र चालकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार