जेन जी आन्दोलनमा कास्की कारागारबाट भागेका युवा ठिक एक वर्षपछि फेरि पक्राउ

जेन जी आन्दोलनमा कास्की कारागारबाट भागेका युवा ठिक एक वर्षपछि फेरि पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २३ भाद्र २०८३
  • 1.1K
    Shares

kaski karagar, kaski jail ,कास्की कारागार , कास्की जेल

पोखरा, भदौ २३ २०८३ ।

जेन जी आन्दोलनमा कास्की कारागारबाट ठिक एक वर्ष अघि भागेका एक युवा फेरि पक्राउ परेका छन्।

जेन जी आन्दोलनमा कास्की कारागारबाट भागेका कास्कीको रुपा गाउँपालिका–७ स्याक्लुङ निवासी ३६ वर्षीय हर्कबहादुर गुरुङ सोमबार फेरि उनको आफ्नै घरबाट पक्राउ परेका हुन्। भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा कारागारबाट भागेका गुरुङको खोजीका क्रममा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), काठमाडौं र इलाका प्रहरी कार्यालय हंसपुर तालबेसीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार , हाडनाता करणी मुद्दामा १४ वर्ष कैद सजाय तोकिएका गुरुङ जेन जी आन्दोलनका क्रममा कास्की कारागारबाट फरार भएका थिए । उनको अझै ११ वर्ष ९ महिना २६ दिन कैद भुक्तान गर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

गुरुङलाई बाँकी कैद भुक्तानका लागि फेरी जिल्ला कारागार शाखा कास्कीमा पठाईएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया