गाई काटेको आरोपमा म्याग्दीबाट एक युवक पक्राउ : गाई काट्न प्रयोग भएको हतियार र सुकुटी समेत बरामद

गाई काटेको आरोपमा म्याग्दीबाट एक युवक पक्राउ : गाई काट्न प्रयोग भएको हतियार र सुकुटी समेत बरामद


  • जनसञ्चार डट कम संवाददाता
  • शुक्रबार, ५ असार २०८३
  • 1.3K
    Shares

पोखरा, ५ असार २०८३।

गाइ काटेको आरोपमा म्याग्दीबाट एक युवा पक्राउ परेका छन्।

जिल्लाको बेनी नगरपालिका–२, खानदुलाका ३० वर्षीय राजेन्द्र बोहरा गाइ काटेको आरोपमा बुधबार पक्राउ परेका हुन्।

अभियुक्त बोहराको घरबाट गाई काट्न प्रयोग गरिएको हातहतियार तथा सुकुटी समेत बरामद भएको प्रहरीले दाबी गरेको छ।

घरभित्र लुकाएर राखिएको अवस्थामा गाईको मासुको सुकुटी, टाउकोका टुक्रा, पुच्छर तथा मासु काट्न प्रयोग गरिएको हातहतियार बरामद गरिएको प्रहरीले जनाएको छ। साथै, घर नजिकैको बारीमा माटोमुनि पुरिएको अवस्थामा गाईको छालाको भाग समेत फेला परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक भूपेन्द्र गोतामेले जानकारी दिए।

गाई घरायसी प्रयोजनका लागि काटिएको हो वा बिक्री वितरणको उद्देश्यले, भन्ने विषय अझै खुल्न बाँकी रहेको छ। यस घटनामा पशुपक्षी सम्बन्धी कसुर अन्तर्गत अनुसन्धान अघि बढाइएको छ। म्याग्दी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानका आधारमा गाई/गोरुको सुकुटी बनाएर बिक्री गर्ने उद्देश्य हुन सक्ने आशंका गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार