स्कुटर दुर्घटनामा गम्भीर घाइते तनहुँका युवकको काठमान्डौमा उपचारका क्रममा मृत्यु

स्कुटर दुर्घटनामा गम्भीर घाइते तनहुँका युवकको काठमान्डौमा उपचारका क्रममा मृत्यु


  • जनसञ्चार डट कम संवाददाता
  • बिहिबार, ४ असार २०८३
  • 1.3K
    Shares

पोखरा, ४ असार २०८३ ।

तनहुँमा भएको सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका तनहुँका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।

गत शुक्रबार पृथ्वी राजमार्ग अन्तर्गत शुक्लागण्डकी नगरपालिका–स्थित सेरा क्षेत्रमा भएको स्कुटर दुर्घटनामा परेर गम्भीर घाइते भएका युवकको काठमाण्डौमा उपचारका क्रममा मृत्यु भएको हो।

व्यास नगरपालिका–४ निवासी अरुण न्यौपानेको बुधबार साँझ काठमाडौंस्थित अस्पतालमा उपचारकै क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ।

प्रहरीका अनुसार पोखराबाट दमौली फर्कँदै गर्दा न्यौपाने सवार स्कुटर दुर्घटनामा परेको थियो। दुर्घटनामा उनको टाउकोमा गम्भीर चोट लागेको थियो।

दुर्घटनापछि तत्काल उद्धार गरी उनलाई उपचारका लागि पोखरा लगिएको थियो। पोखरामा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएको प्रहरीले जनाएको छ।

काठमाडौंमा आइसियुमा राखेर उपचार भइरहेको अवस्थामा बुधबार साँझ उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया