काभ्रे बस दुर्घटना अपडेटः सेनाका अमल्दारसहित चार मृतकको सनाखत (हेर्नुस घाइतेहरुको अवस्था)

काभ्रे बस दुर्घटना अपडेटः सेनाका अमल्दारसहित चार मृतकको सनाखत (हेर्नुस घाइतेहरुको अवस्था)


  • जनसञ्चार डट कम संवाददाता
  • शुक्रबार, २९ जेष्ठ २०८३
  • 6.4K
    Shares

kavre nus accident update

पोखरा, २९ जेठ २०८३।

काभ्रेपलाञ्चोकको बुच्चाकोटमा भएको बस दुर्घटनामा मृत्यु हुने आठमध्ये चार जनाको सनाखत भएको छ।

बनेपाबाट सुँगुरे जाँदै गरेको  बा३ ख ८३९८ नम्बरको बस दुर्घटनाग्रस्त हुँदा मृत्यु भएका आठ मध्ये चार जनाको मृत्यु भएको हो।

उक्त दुर्घटनामा मृत्यु भएका सैनिक अमल्दार दैलेखका बमबहादुर भण्डारी, काभ्रे रोशी गाउँपालिका-७ का ३४ वर्षीया फूलमाया तामाङ, रोशी-६ का ७५ वर्षीय इन्द्रबहादुर झाँकी र रोशी-८ की ६० वर्षीया प्यारीमाया तामाङको मात्र सनाखत भएको छ । अन्य चार जनाको भने सनाखत हुन सकेको छैन।

दुर्घटनामा १६ जना घाइते भएका छन्। उनीहरूको उपचार धुलिखेल अस्पतालमा भइरहेको छ। प्रहरीका अनुसार बसमा २४ जना सवार थिए। 

कस्तो छ घाइतेहरूको अवस्था ?

१) काभ्रेपलाञ्चोकको रोशी ८ बस्ने बर्ष २२ की एनिशा तामाङको हात खुट्टामा चोट, अवस्था मध्यम
२) रोशी ६ की विष्णु डोल्मो तामाङ, निधार, नाक र पेटमा चोट, अवस्था मध्यम
३) रोशी ८ का नबहादुर तामाङ, टाउको अनुहारमा चोट, अवस्था मध्यम ।
४) रोशी ८ का चन्द्र तामाङ, निधार, हात खुट्टामा चोट, अवस्था मध्यम ।
५) रोशी ८ की रमिता वाइवा, अनुहार र देब्रे खुट्टामा चोट, मध्यम ।
६) रोशी ८ का मनबहादुर तामाङ, टाउको, अनुहार र ढाडमा चोट, मध्यम ।
७) रोशी ७ बस्ने डम्बरबहादुर शाह,टाउको, दाहिने हात र खुट्टामा चोट अवस्था गम्भीर ।
८) रोशी ८ का कृष्ण बहादुर तामाङ, टाउको, मुख र दाहिने कोखामा चोट, अवस्था मध्यम ।
९) जिल्ला बर्दिया बाह्र बर्दिया १२ का सुरेश बहादुर बादी, निधार, दाहिने खुट्टामा चोट, अवस्था मध्यम ।
१०) बनेपा ३ का घोयासिंह तामाङ (चालक) दाहिने खुट्टा फ्याक्चर, दाहिने हातमा चोट, अवस्था मध्यम ।
११) रोशी २ की बिष्णुमाया लामा, टाउकोमा चोट, अवस्था मध्यम ।
१२) तेमाल ८ का मनुराज तामाङ, टाउको, गर्दन, छातिमा चोट अवस्था मध्यम ।
१३) हाल नाम थर वतन नखुलेको सुवास भन्ने अंन्दाजी ५ बर्षको बालक देब्रे खुट्टामा चोट, अवस्था मध्यम ।
१४) नाम नखुलेको १ बर्षको बालकको टाउकोमा चोट ।
१५) हाल नाम थर वतन नखुलेको पुरुष व्यक्ति टाउकोमा चोट, अवस्था गम्भीर ।
१६) हाल नाम थर वतन नखुलेको बर्ष २०–२२ की महिला टाउकोमा,शरिरको विभिन्न भागमा चोट, अवस्था गम्भीर ।

प्रतिक्रिया