‘गुन्डागर्दी’मा संलग्न एक युवालाई गोली हानेर पक्राउ

‘गुन्डागर्दी’मा संलग्न एक युवालाई गोली हानेर पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ९ असार २०७३
  • 10.7K
    Shares

केही समय अघि काठमाडौंको बिजुलीबजारमा प्रहरीले ‘गुन्डागर्दी’मा संलग्न जसवन्त राईलाई गोली प्रहार गरेको छ । गुन्डागर्दी तथा फिरौती उठाउने कार्यमा संलग्न राईलाई पक्राउ गर्न खोज्दा प्रहरीमाथी रड प्रहार गरेपछि जवाफी कारबाही स्वरुप प्रहरीले गोली प्रहार गरेको हो ।

महानगरीय अपराध महाशाखाको टोलीले २१ वर्षे राईलाई दुई राउण्ड गोली प्रहार गरेको हो । राईलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि रड प्रंहार गरेपछि प्रहरीले जवाफी काबाही स्वरुप गोली प्रहार गरेको महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले बताए ।

 

प्रतिक्रिया