ग्रामीण सडकमा चिप्लोमाटो कारण जिप दुर्घटना हुदा एक जनाको मृत्यु

ग्रामीण सडकमा चिप्लोमाटो कारण जिप दुर्घटना हुदा एक जनाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ७ जेष्ठ २०७४
  • 9.3K
    Shares

स्याङजा/ स्याङजाको वालीङ न.पा वाड नं १४(पेखु ठाना)मा अाज भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
बर्षाका कारण ग्रामीण सडकमा चिप्लोमाटो भएकाले जिप सडकबाट ३० मि. तल खसेको ट्राफीक कार्यालय स्याङ्जाले जनाएको छ ।

उक्त जिप ठुलो पोखरीमा खस्दा वालीङ नपा बस्ने बर्ष २५ कि सानु खांणको वालीङ स्थीत प्राथमीक स्वास्थ्य उपचार केन्द्रमा उपचारको क्रममा मृत्यु भएको हो भने ६ जना घाईतेको उपचार भैरहेको छ ।

घाईते हुनेमा वालीङ १४ बस्ने बर्ष २१ कुल बहादुर कुबंर ,बर्ष ३५ का लक्षमण खाँण , बर्ष १५ कि निशा खवास , बर्ष ३१ कि सुशिला थापा ,बर्ष ३६ कि सरस्बती एक.के रहेका छन् ।

प्रतिक्रिया