पोखरा लेखनाथ महानगरपालिकाको मत गणनामा शुरुवाती क्रममा एमाले अघि

पोखरा लेखनाथ महानगरपालिकाको मत गणनामा शुरुवाती क्रममा एमाले अघि


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १ जेष्ठ २०७४
  • 11K
    Shares

१ जेष्ठ पोखरा /  पोखरा लेखनाथ महानगरपालिकाको मत गणनामा शुरुवाती क्रममा एमाले अघि देखिएको छ । वडा न.. १ बाट गणना शुरु गरिएकोमा १०० मत गनेर सकिएको छ ।

पोलेका निर्वाचन अधिकारी नागेन्द्र लाल कर्णका अनुसार एकसय मतमध्ये नेकपा एमालेका मेयर पदका उम्मेदवार मानबहादुर जिसीले ५१ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रामजी कुँवरले जम्मा ३१ मत पाएका छन् ।

माओवादी केन्द्रले उम्मेदवारी फिर्ता गरेको अवस्थामा पनि २ मत पाएको छ ।
त्यस्तै उपमेयर पदमा एमालेकी मञ्जु गुरुङले ४७ मत पाएकी छिन् भने नेपाली काँग्रेसकी सरस्वती गुरुङले ३० मत प्राप्त गरेर पछ्याइरहेको छिन् । तेस्रो स्थानमा रहेकी माओवादी केन्द्रकी गोमा ढकालले जम्मा ५ मत पाएकी छिन् ।

प्रतिक्रिया