१ जेठ आश तमु,ताङतिङ पोखरा । कास्कीको मादी गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेको उम्मेदवार सुरजकुमार गुरुङ सहित प्यानल नै विजयी भएको छ ।
गुरुङले ६ सय २६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवीजंग गुरुङले ५ सय मत प्राप्त गरे ।
एमालेका महिला सदस्य खासमाया गुरुङ, दलित महिला सदस्य रुपा सार्की र खुल्ला सदस्यमा टिकाराम गुरुङ र भीमराज गुरुङसहित प्यानल विजयी भएको हो । अहिले अन्य वडाको मत गणना भइरहेको छ ।