काँग्रेसका नेता स्वर्गीय रामजी पौडेलको शालिक एमालेले बनाइदिने घोषणा

काँग्रेसका नेता स्वर्गीय रामजी पौडेलको शालिक एमालेले बनाइदिने घोषणा


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २५ बैशाख २०७४
  • 10.5K
    Shares

आफ्नै पार्टीका कार्यकर्ताद्वारा हत्या गरिएका नेपाली काँग्रेस कास्कीका लोकपि्रय नेता रामजी पौडेल “बादल”को शालिक नेकपा एमालेले बनाइदिने भएको छ । चुनाव प्रचारप्रसार अभियानका क्रममा लेखनाथमा आयोजित चुनावीसभामा नेपाली काँग्रेस कास्कीका लोकपि्रय नेता रामजी पौडेल “बादल”को शालिक बनाईदिने घोषणा गरेको हो । स्वर्गीय रामजी पौडेल “बादल”को जन्म गाउा अर्घौं अर्चलेमा त्यही कार्यक्रममा स्वर्गीय पौडेलका दाजु राममणि पौडेल र दाजुभाइसहित ३ सय ५० जना एमालेमा प्रवेश गरेका थिए ।
वि.सं. २०७२ साउन २८ गते नेपाली कााग्रेस कै कार्यकर्ताद्वारा हत्या गरिएका बादलको हत्यारा पत्ता लगाउन त कता हो कता उल्टै पार्टीले संरक्षण गरेर राखेको भन्दै पौडेल परिवारका ३ सय ५० जना भन्दा बढी एमालेमा प्रवेश गरेका हुन् । दाइ प्रभु पौडेल, भाइहरु ज्ञानेन्द्र पौडेल, गोपीराज पौडेल, अपिल पौडेल लगायतले कााग्रेसले न्याय नगरेको र उम्मेदवारको हल्ला फिजाएर पनि अन्तिम अवस्थामा आएर चन्द्रावती पौडेललाई टिकट नदिएको भन्दै कााग्रेसप्रति आक्रोश व्यक्त गरेका थिए । नेकपा एमालेको राष्ट्रियताको अभियानमा योगदान पुर्‍याउने पौडेल परिवारले प्रतिबद्धता व्यक्त गरेको छ । पौडेल परिवारका साथै उनका आफन्तहरु वाग्ले र लामिछाने परिवार पनि एमालेमा प्रवेश गरेका हुन् ।

प्रतिक्रिया