सुनसरी, २२ बैशाख ।
देवानगन्ज–२ बस्ने ५५ बर्षीया सईमुन खातुनलाई कुटपिट गरी मारेको अभियोगमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मृतक खातुनको २५ बर्षीया बुहारी रुक्सना खातुन र ५० बर्षीय देवर सुलेमान अन्सारी रहेका छन् । घरायसी विवादको कारण खातुनलाई बैशाख १९ गते ३० बर्षीय छोरा अर्सद अन्सारी, बुहारी रुक्सना खातुन र देवर सुलेमान अन्सारीले कुटपिट गर्दा घाइते भएकोले स्थानीय मेडिकलमा उपचार पश्चात घरमा आई बसेकोमा विहिबार मृत्यु भएको थियो ।
फरार रहेका अर्सद अन्सारीको प्रहरीले खोजतलास गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।