कोदालोले हानेर मजदुरको हत्या

कोदालोले हानेर मजदुरको हत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ३१ चैत्र २०७३
  • 9.8K
    Shares

नवलपरासीको गैंडाकोटमा आज बिहान कोदालो प्रहार गरी एक जनाको हत्या भएको छ । गैडाकोट नगरपालका–२ का ४१ वर्षीय विष्णुप्रसाद पौडेलले आफ्नो घरमा भाडामा बस्ने दुम्किबास निवासी ३६ का शेषकान्त रिमाललाई कोदालो प्रहार गरी हत्या गरेका हुन ।

बिहान ३ बजे तिर सामान्य बिबाद हुँदा कोदालोले टाउकोमा प्रहार गर्दा घाइते भएका रिमाललाई उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीले हत्याको आरोपी पौडेललाई नियन्त्रण लिइ थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक सुवास हमालले जानकारी दिए ।

प्रतिक्रिया