तालेवान प्रमुख मन्सुर मारिएको पुष्टि

तालेवान प्रमुख मन्सुर मारिएको पुष्टि


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ९ जेष्ठ २०७३
  • 12.6K
    Shares

अफगानिस्तानको गुप्तचर एजेन्सीले तालेवानका प्रमुख नेता मुल्लाह अख्तर मन्सुर अमेरिकी मानव रहित यान ‘ड्रोन’ हमलाको निशानामा परेर मारिएको पुष्टि गरेको छ। ड्रोनले शनिबार अफगान सीमा नजिकै पाकिस्तानको दक्षिण पश्चिमस्थित दुर्गम क्षेत्रमा मन्सुरको सवारी साधनलाई निशाना बनाएको थियो।

अमेरिकी विदेश मन्त्री जन केरीले मन्सुर ‘अमेरिकी फौजका लागि निरन्तरको स्पष्ट खतरा’ थिए। मन्सुर जुलाई २०१५ मा तालेवान संस्थापक एवं आध्यात्मिक प्रमुख मुल्ला मोहम्मद ओमारलाई विस्थापित गरेर नेता बनेका थिए।

अफगान सीमा नजिकै दक्षिण पश्चिमी पाकिस्तानको दुर्गमस्थलमा ड्रोन कारवाही भएको थियो द अफगान नेशनल सेक्युरिटि डाइरेक्टोरेट ‘एनडीएस’ले आइतबार बालोचिस्तान प्रान्तको दलबन्दी क्षेत्रमा आइतबार मन्सुर मारिएको जानकारी दिएको थियो। यहि नै तालेवान प्रमुख मारिएको औपचारिक पुष्टि थियो।

अफगान मुख्य कार्यकारी अब्दुलाह अब्दुल्लाह र रक्षा मन्त्रालयका प्रवक्ता दौलत वाजिरिले पनि मन्सुर मारिएको बताए। पेन्टागनले शनिबार अहमद वाल शहर नजिकै राष्ट्रपति बराक ओबामाले अख्तियारी दिएर एउटा कारवाही गरिएको घोषणा गरेको थियो। पेन्टागनले कारवाहीमा संभवत मन्सुर र उनीसँग यात्रा गरिरहेका एकजना पुरुष लडाकु मारिएको जनाएको थियो।

तालेवानका तर्फबाट भने परस्परविरोधी समाचारहरु प्राप्त भएका छन्। तालेवान प्रमुख मन्सुर मारिएपछि तालेवान प्रमुख को बन्ने भन्ने संघर्ष हुने ठानिएको छ बरिष्ठ कमाण्डर मुल्लाह अब्दुल राउफले एसोशियटेड प्रेसलाई शुक्रबार ढिलोगरि कारवाही भएको र मन्सुर मारिएको बताए। तर अरु समाचारमा उनको मृत्यु भएको अस्वीकार गरिएको छ। नाम उल्लेख नगरिएका एकजना तालेवान कमाण्डरले रोयटर्सलाई भने, “हामीले यो आधारहीन समाचार सुनेका छौं तर यस्तो समाचार सुनेको यो पहिलोपटक होइन। मेरो सूचना अनुसार मुल्लाह मन्सुर मारिएका छैनन्।”

बीबीसी पास्तो अनलाईनका सम्पादक इन्आयतुलहक यासिनीको विश्लेषण छ:मुल्ला मन्सुरको निधन तालेवानका लागि ठूलो धक्का हुन सक्छ। उनले आफ्नो पकडमा अरु नेतृत्वदायी भूमिकामा रहेका तालेवान नेताहरुलाई विस्तालै आफ्नो पकडमा ल्याउँददै थिए। र अफगान सुरक्षा फौजमाथि ठूलो तहको आक्रमण शुरु गरेका थिए। उनको नेतृत्वमा तालेवानले एउटा महत्वपूर्ण शहर पन्ध्र वर्ष पछि पहिलोपटक कब्जामा लिएको थियो। उनको मृत्युपछि उत्पन्न शून्यतामा नेतृत्वको संघर्ष पुन शुरु हुनेछ।

प्रतिक्रिया