प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको वार्तामा मधेसी मोर्चाका नेताहरु अनुपस्थित भएका छन् । सप्तरी घटनापछि मधेसी मोर्चालले सरकारलाई दिएको समर्थन फिर्ताको तयारी गरेको जानकारी पाए लगतै प्रधानमन्त्री प्रचण्डले तमलोपा अध्यक्ष महन्थ ठाकुरलाई फोन गरेर दिउँसो ३ बजे छलफलका लागि बोलाएका छन् ।
तर, मधेसी मोर्चाका नेताहरु गएनन् । मधेसी मोर्चाको बैठक सोमबार नै तय भइसकेको थियो । आफूहरु आन्तरिक छलफलमा रहेकाले बालुवाटार वार्तामा नगएको मधेसी मोर्चाका एक नेताले बताए ।
मधेसी मोर्चासँग वार्ता हुन नसकेपछि मन्त्रिपरिषद् बैठक पनि स्थगित भएको छ । राजविराज झडपमा मृत्यु भएकाहरुलाई क्षतिपूर्ति दिने लगायतका निर्णय गर्न साँझ ६ बजे मन्त्रिपरिषद् बैठक राखिएको थियो । अब भोलि बुधबार विहान प्रधानमन्त्रीले मधेसी मोर्चाका नेताहरुसँग छलफल गरेपछि मात्र मन्त्रिपरिषद् बैठक बस्नेछ ।