पत्रकारहरुको शुद्धिकरण गर्नु पर्ने लगायतका माग राखी आन्दोलनमा उत्रिएको क्रान्तिकारी पत्रकार संगठनको माग अनुरुप तत्कालै शुद्धिकरण अभियान थाल्न नेपाल पत्रकार महासंघ तयार भएको छ । १८ गते देखि उपरोक्त माग गर्दे क्रान्तिकारीले ताला बन्दी गरेको थियो ।
आज नेपाल पत्रकार महासंघ र क्रान्तिकारी पत्रकार संगठन बीच भएको सहमति बमोजिम तत्कालै विधि र प्रकृया शुरु गर्ने महासंघले जनाएको छ ।
सम्झौतामा योग्यता पुगेका पत्रकारको सदस्यता विधान बमोजिम वितरण गर्ने तथा शुद्धिकरण थाल्ने उल्लेख छ ।
नेपाल पत्रकार महासंघका उपाध्यक्ष अनिता विन्दु र क्रान्तिकारी पत्रकार संगठनका उपाध्यक्ष दीपेन्द्र रावलले सहमतिमा हस्ताक्षर गरे पछि क्रान्तिकारीले महासघंमा लगाएको ताला आजबाट खुलेको छ ।