स्कुल गएका चार छात्रा साँझ चार बजेपछि बेपत्ता

स्कुल गएका चार छात्रा साँझ चार बजेपछि बेपत्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १ फाल्गुन २०७३
  • 13.1K
    Shares

बाराको सिमरास्थित सिमरा पब्लिक इंलिस स्कुलमा पढ्ने चारजना छात्रा स्कुलबाट घर फर्किने क्रममा बेपत्ता भएका छन्। आइतबार दिउँसो स्कुल छुट्टी भएपछि घर फर्किनुपर्ने बालिका रातिसम्म घर नआएपछि अभिभावकले प्रहरीलाई खबर गरेका हुन्।

गढीमाई नगरपालिका ७ जितपुरकी कक्षा पाँच पढ्ने ११ वर्षीय जिया गुप्ता, उनकै बहिनी युकेजीमा पढ्ने पाँच वर्षीया पिहुँ गुप्ता, गढीमाई नगरपालिका १ सिमराकी कक्षा पाँच पढ्ने १२ बर्षीया रविना श्रेष्ठ र गढीमाई नगरपालिका २ नरबस्ती घर भएकी कक्षा पाँच मै पढ्ने ११ बर्षीया स्नेहा सिंह बेपत्ता भएको अभिभावकले बताएका छन् ।

जियाका बुबा शम्भुप्रसाद गुप्ताले सधैँ स्कुलबाट पाँच नबज्दै घर आइपुग्ने छोरी रातिसम्म नआएपछि प्रहरीलाई खबर गरेको बताए।

इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक गोविन्द कुमार कार्कीले छात्राको खोजी भइरहेको बताए । प्रहरीले सबै क्षेत्रमा बालिकाको खोजी सुरु गरेको बताएको छ।

प्रतिक्रिया