पाँच किलो चरेससिहत सेख सदाम पक्राउ

पाँच किलो चरेससिहत सेख सदाम पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २५ माघ २०७३
  • 10.7K
    Shares

पर्सा,  २५ माघ ।

सशस्त्र प्रहरी बल भन्सार सुरक्षा गुल्म वीरगन्जले पाँच किलो चरेससहित एक भारतीयलाई पक्राउ गरेको छ ।

काठमाडाैंबाट  भारत, कोलकातातर्फ गइरहेका सेख सदामलाई भन्सार सुरक्षा प्रहरीले जाँचका क्रममा झोलामा लुकाइछिपाइ लगिरहेको अवस्थामा चरेस फेला परेको सशस्त्र प्रहरी उपरीक्ष सुशील सुवेदीले बताए ।

अभियुक्त सदामले काठमाडाैंका एक जना व्यक्तिले सो चरेस भनेको ठाउँमा पुर्‍याएबापत भारु १० हजार दिन्छु भनेपछि आफू भरिया बनेको प्रहरीसमक्ष बताएका छन् ।

लागूऔषध चरेस र पक्राउ परेका अभियुक्तलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ ।

प्रतिक्रिया