बझाङ, २२ माघ ।
बझाङमा एक जनाको रुखबाट लडेर ज्यान गएको छ । पानीमुल जंगलमा घाँस काट्न गएकी जयपृथ्वी नगरपालिका–६ की २८ वर्षकी जयकला बोहराको रुखबाट लडेर ज्यान गएको हो ।
रुखबाट लडेर घाइते भएकी बोहराको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।