भिरबाट लडेर नेम्वाङको ज्यान गयो

भिरबाट लडेर नेम्वाङको ज्यान गयो


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २० माघ २०७३
  • 9.6K
    Shares

इलाम, २० माघ ।

इलामको महमाईमा भीरबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ । महमाई–६ निवासी मिक्लुवीर नेम्वाङको बुधबार फेवाखोलाको एकसय मिटर अग्लो बेसारे भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरबाट मङ्गलबार निस्किएका नेम्वाङ घर नफर्किएपछि स्थानीयवासी र प्रहरीले खोजी गर्दा बेसारे भिरमा फेला पारेको स्थानीयवासी चन्द्र तामाङले जानकारी दिए । मृतक नेम्वाङको शव परीक्षणका लागि मेची अञ्चल अस्पताल भद्रपुर लगिएको प्रहरी चौकी महमाईले जनाएको छ ।

प्रतिक्रिया