ट्याक्टरको ठक्करबाट युवकको मृत्यु

ट्याक्टरको ठक्करबाट युवकको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २० माघ २०७३
  • 9.1K
    Shares

भीमदत्तनगर, २० माघ ।

ट्रयाक्टरको ठक्करबाट कञ्चनपुरको भीमदत्तनगरमा आज बिहान एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दार्चुला लाली घर भई हाल भीमदत्तनगरपालिका–१२ ऐरीमा बस्दै आएका ३२ वर्षीय धर्मानन्द भट्ट रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

ढुङ्गा लिन महाकाली नदीतर्फ गइरहेको से १ त ४७५२ नंको ट्रयाक्टरले भट्टलाई प्रहरीको अञ्चल गुल्म कार्यालयअगाडि ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका भट्टको उपचारका क्रममा महाकाली अञ्चल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रयाक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया