पाल्पामा डढेलो नियन्त्रण अभियान सुरु

पाल्पामा डढेलो नियन्त्रण अभियान सुरु


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १९ माघ २०७३
  • 8.9K
    Shares

पाल्पा,१९ माघ ।

जिल्ला वन कार्यालय पाल्पाले डढेलो नियन्त्रण अभियान सुरु गरेको छ । गएवर्ष डढेलोबाट भएको क्षतिलाई मध्यनजर गर्दै सामुदायिक वनका उपभोक्ता, जिल्लाका  सुरक्षा निकाय, गाउँका जिम्मेवार व्यक्तिलाई साथमा लिएर वन कार्यालयले डढेलो नियन्त्रण अभियान सुरु गरेको हो ।

गएको वर्ष आगोलागीबाट पाल्पामा दुई जनाको ज्यान गएको थियो । यस्तै १२७ वटा सामुदायिक वन  तथा निजी खेतबारी गरी झण्डै १४ हजार हेक्टर जमिनमा आगलागी भएको थियो । हुमिन, भैरवस्थान, पोखराथोक लगायतका बस्तीमा आगोले करोडौंको नोक्सान भएको थियो ।

वन कार्यालयले पहिलो चरणमा सदरमुकाम तानसेन आसपासका वनजंगल र बस्तीलाई समेटेर डढेलो नियन्त्रण अभियान सुरु गरेको हो ।

प्रतिक्रिया