पोखरा, १३ भदौ २०८३।
झन्डै १४ किलो अबैध लागू औषध चरेससहित कञ्चनपुरबाट दुई जना पक्राउ परेका छन्।
कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ को गजरौलामा शुक्रबार राति सुदूरपश्चिम प्रदेश ०१–००१ च ४८११ नम्बरको बोलेरो पिकअप जाँच गर्ने क्रममा अबैध लागू औषध चरेससहित कञ्चनपुरबाट दुई जना पक्राउ परेका हुन्।
पक्राउ पर्नेहरुमा कृष्णपुर नगरपालिका–५ गजरौलाबाट बझाङका २२ वर्षीय कलक धामी र ५० वर्षीय करन धामी रहेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी टेकबहादुर रावतले जानकारी दिए।
इलाका प्रहरी कार्यालय गुलरिया र अस्थायी प्रहरी पोस्ट गजरौलाबाट खटिएको संयुक्त टोलीले बोलेरोको बोनेटमा लुकाएर राखिएको अवस्थामा १३ किलो ९०५ ग्राम चरेस बरामद भएको प्रहरीले जिकिर गरेको छ।
चरेससहित गाडी र दुवै जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।