बलात्कार आरोपमा एक प्रधानाध्यापक पक्राउ

बलात्कार आरोपमा एक प्रधानाध्यापक पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १७ माघ २०७३
  • 15.6K
    Shares

बैतडी,१७ माघ ।  

सलेना गाविसकी महिलालाई बलात्कार गरेको आरोपमा एक प्रधानाध्यापक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुदर्शन मावि लिखोडाका प्रधानाध्यापक सलेना गाविस-२ मलिकुलका ५२ वर्षका रामबहादुर चन्द रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक धर्मानन्द भट्टले जानकारी दिए ।

अभियुक्त चन्दले गएको १३ गते राति महिलाको घरमै गएर बलात्कार गरेको भनी आफन्तले उजुरी दिएपछि पह्ररीले सोमबार उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया