मलेसियामा ३१ जना पर्यटक चढेको डुंगा सम्पर्कबिहीन, उद्धारमा समस्या

मलेसियामा ३१ जना पर्यटक चढेको डुंगा सम्पर्कबिहीन, उद्धारमा समस्या


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १६ माघ २०७३
  • 6.9K
    Shares

काठमाडाैं, १६ माघ ।

मलेसियामा पर्यटक चढेको डुंगा सम्पर्कबिहीन भएको छ । ३१ जना पर्यटक चढेकोे डुंगामा २० जनाभन्दा धेरै चिनियाँ पर्यटक रहेको अनुमान गरिएको बिबिसीले जनाएको छ ।

शनिबार बिहान मलेसियाको प्रसिद्ध पर्यटकीय क्षेत्र पुलाउ मेङ्गुलमका लागि कोटा किनाबालुबाट छुटेको डुंगा सम्पर्कबिहीन भएको हो । खराब मौसमका कारण खोज तथा उद्धारमा समस्या भएको उद्धारकर्मीले बताएको खबरमा उल्लेख छ ।

हप्ताव्यापी नयाँ वर्ष मनाउने क्रममा रहेका चिनियाँ पर्यटक चढेको डुंगा चिनिया नयाँ वर्षको पहिलो दिन नै सम्पर्कबिहीन भएको हो । घटनाको विस्तृत विवरण आइसकेको छैन ।

प्रतिक्रिया